जब म नेपालमा थिए, त्यसबेला सुनेको थिए कतारको बारेमा अनि लाग्थ्यो, कस्तो होला । के हु“दो होला र पहाडी शीतल भूमिमा जन्मेका हाम्रा दाजुभाइहरू त्यो प्रचण्ड गर्मीमा कसरी दिनरात बिताउ“दा होलान् भन्ने जस्ता कुराहरु मेरो मनमा लाग्ने गर्दथ्यो।
तर म पनि आज यहि दोहा कतारमा कार्यरत छु। जब म यस कतारको मरुभुमीमा पहिलो पाईला टेके तब याहाँ पनि आफ्नै चिर परिचित जस्तो लाग्यो। जहा“ हेर्छु नेपालीको चहलपहल, बन्दै गरेको गगनचुम्बी टावरका निर्माणाधीन छतमाथि बालुवा चालिरहेका गोर्खाली देख्छु बिग्रिन थालेको सडकको खाल्डो टाल्न मसला हाल्दै गरेको जनकपुरिया देख्छु । टेक्सीको स्टेरिंग समातेर हवाको गतिमा सुकिलो सडकमा टेक्सी गुडाएको पोखरेली देख्छु सडक दर्ुघटनामा परेर यहाको सुविधासम्पन्न सरकारी अस्पताल हमाद पुर्याइएको पर्ूवेली देख्छु, राति सुतेको सुत्यै हुने रुकुमेली देख्छु मेनपावर कम्पनीले लाखका लाख रुपैया“ लिएर पनि बिना अत्तोपत्तो यो खाडी पठाएपछि सात सात दिनसम्म एयरपोर्ट र तातो सडकमा भोकभोकै रात बिताएर, बल्लतल्ल नेपाली दूतावासको आश्रयस्थलमा आइपुगेका रौतहटवासी देख्छु जहा“जता गए पनि समग्रमा यहा“ पनि नेपालजस्तो नेपाल देख्छु ।
पहिले कतारबाट फर्किनेहरुको मुखबाट सुनिएको उही नेसनल एरियामा बेलुका लाग्ने हजारौं नेपालीको जमघट, उही विस्मिल्ला पार्कमा शुक्रबार भेला हुने हजारौं नेपालीको रमन्ते अनुहार, सपिटल छेउमा उही नेपाली बाजेको नेपाली स्वादको होटल, नेपाली भान्सा घरको सुकुटी र गुन्द्रुक, रमेशबाबु श्रेष्ठको सम्सारा थकाली भान्छा घरको टिम्बुर मिसाएर बनाइएको देश सम्झाउने नेपाली स्वादको चटनी । सहानिया होस् कि तरबार गेट, जेद्दा टावर होस् कि अल हदिया- सबै ठाउ“मा नेपालीहरूको जमघट । एकआपसमा गाउ“घरको, देशदुनियाको कुरा गर्नैमा व्यस्त छन् नेपालीहरू । एकआपसमा भलाकुसारी साटासाट गर्दै देशमा रिलिज भएको नया“ फिल्म, अडियो सिडीको चर्चा । देश फर्केर आएका वा नया“ आएकाहरूले आफूस“ग ल्याएको घरको चिठीपत्र, क्यासेट, लुगाफाटो तथा आमाले पठाएको सेलरोटी, मिर्ठाई, दलपुरी आदिको साटासाट । नेपाली टेलिभिजनहरूका भिजुवल देख्न नपाए पनि, नेपाली अडियो र भिडियोबाट आउने ‘माया उड्यो बादलु छुनलाई’ जस्ता गीतहरूको स्पन्दनले मलाई मात्र होइन, सारा नेपालीलाई आफ्नो देश, आफ्नो गाउ“घर र आफ्नो परिवेश स्मरण गराइरहेको छ यो दूरदेशमा । यो परिवेशले आफू नेपाल बाहिर रहेको अनुभवसमेत हुन दि“दैन । बिहान आठ बजेदेखि सुरु हुने चर्को घाम र हावास“ग मुकावला गर्दै दोहाको सडक तथा सहरलाई जीवन्त बनाउने नेपालीहरूको पाइलाको कसिलो चाल र यिनै समूहहरूबाट सुस्तरी आउने नेपाली, मैथिली र हिन्दी फिल्मी गीतको मिसावटयुक्त आवाजले आफू काठमाडौंको सुन्धाराचोकमा पो कतै छु कि भन्ने आभास दिलाउ“छ । सुन्धाराचोकजस्तै मैथिली, हिन्दी, भोजपुरी, नेपाली र नेवारीभाषीको चहलपहल यहा“ पनि हेर्न सकिन्छ । यी भाषाहरूको संगम यहा“ पनि सुन्न सकिन्छ । यहा“ न कोही धनी छन्, न कोही गरिब । न कोही पहाडी छन् ,न कोही मधेसी । सबै नेपाली छन् । मात्र नेपाली । यहा“ नेपालीको नेपालीबाहेक अर्को कुनै परिचय छ भने त्यो हो काम गर्ने कम्पनीको पोसाक र हातमा बोकेका औजार । समग्रमा भनौं भने दोहामा मैले देखेको मिनी नेपाल नेपालभन्दा पनि बढी रमाइलो छ । नेपालभन्दा पनि बढी सुन्दर छ, नेपालभन्दा पनि बढी विश्वासिलो छ, कारण यहा“ सबै नेपाली छन्, मात्र नेपाली ।
सुवाश श्रेष्ठ
गोरखा नेपाल (हाल दोहा कतार)