Archive Page 2

03
Jun
08

प्रेम

मान्छेलाई सांसारिक दुःख, पीडा, अभावको रापमा पनि चाँदनीले झैं शीतलता दिने तत्त्व हो प्रेम । प्रेमका अनेक स्वरूप हुन्छन्- आमाको प्रेम, पिताको प्रेम, परिवारको प्रेम, साथीभाइ-इष्टमित्रको प्रेम, समाजको प्रेम, देशको प्रेम आदि । तर यी सबैभन्दा छुट्टै र बेग्लै प्रेम हो प्रेमी-प्रेमिकाको प्रेम, युवा अवस्थामा हुने दुई विपरीत लिङ्गबीच हुने प्रेम । प्रेमको कुनै जात हुदैन, न कुनै धर्म नै हुन्छ । यसलाई न कुनै उमेरले छेक्छ, न भाषाले, न सिमानाले नत भूगोलले नै । प्रेमको त आँखा पनि हुदैन- यसले राम्रो-नराम्रो, धनी -गरिब, कालो -गोरा केही देख्दैन । प्रेमले मात्र प्रेम देख्छ, वंश। कसको जीवनमा कहिले प्रेम हुन्छ कहाँ हुन्छ – कोसित हुन्छ – कस्तासित हुन्छ – कस्तो अवस्थामा हुन्छ – कुनै अत्तोपत्तो हुदैन । जब थाहा हुन्छ, तब आफू कहिल्यै फर्किन नसक्नेगरी सम्पूर्ण रूपले अरु कसैको भइसकेको हुन्छ। शरीर आफ्नो त आत्मा अरू कसैको, आँखा आफ्नो त सपना अरु कसैको, मुटु आफ्नो त ढुकढुकी कसैको । भनिन्छ, लाटोकोसेरोले दिउसो र कागले राति देख्दैन, तर प्रेमान्धले रात-दिन कुनै बेला देख्दैन।

सुबाश श्रेष्ठ गोरखा नेपाल

22
May
08

म गोरखाको एउटा गाँउमा जन्मिएको जहाँ नेवारी समुदाय भएर पनि कसैले नेवारी बोल्ने थिएन। सायद त्यसैले होला म पनि सानै उमेर बाट नेवारी सिक्नबाट वन्चित भएं। जब पढाईको सिलसिलामा म काठमाण्डौमा बस्न थाले त्याहाँ वरीपरि सबै नेवारी सुमादाय थियो। जब म पनि नेवार भनेर थाहा पाउना साथ त्याहाँका मान्छेहरु नेवारीमा कुरा गर्थे। तर म नेवारी बोल्न आउदैन भन्न पनि लाज लाग्थ्यो, बोल्न पनि सक्ने थिएन। मलाई पनि नेवारी बोल्न सिक्न मन नलागेकोत होईन, साथीमार्फत् कापीमा लेख्न लगाएर थोरै थोरै कुराहरु सिकेको थिए, अहिले म आफ्नो जन्मभुमी नेपाललाई छोडेर कतारमा कार्यरत छु। कतारको यात्रासंगै अहिलेत त्यहि अलि अलि जानेको पनि बिर्सिसकेको छु।

सुबाश श्रेष्ठ

गोरखा नेपाल (हाल दोहा कतार)

11
Apr
08

‘मिनी नेपाल’

जब म नेपालमा थिए, त्यसबेला सुनेको थिए कतारको बारेमा अनि लाग्थ्यो, कस्तो होला । के हु“दो होला र  पहाडी शीतल भूमिमा जन्मेका हाम्रा दाजुभाइहरू त्यो प्रचण्ड गर्मीमा कसरी दिनरात बिताउ“दा होलान् भन्ने जस्ता कुराहरु मेरो मनमा लाग्ने गर्दथ्यो।

तर म पनि आज यहि दोहा कतारमा कार्यरत छु। जब म यस कतारको मरुभुमीमा पहिलो पाईला टेके तब याहाँ पनि आफ्नै चिर परिचित जस्तो लाग्यो। जहा“ हेर्छु नेपालीको चहलपहल, बन्दै गरेको गगनचुम्बी टावरका निर्माणाधीन छतमाथि बालुवा चालिरहेका गोर्खाली देख्छु बिग्रिन थालेको सडकको खाल्डो टाल्न मसला हाल्दै गरेको जनकपुरिया देख्छु । टेक्सीको स्टेरिंग समातेर हवाको गतिमा सुकिलो सडकमा टेक्सी गुडाएको पोखरेली देख्छु सडक दर्ुघटनामा परेर यहाको सुविधासम्पन्न सरकारी अस्पताल हमाद पुर्‍याइएको पर्ूवेली देख्छु, राति सुतेको सुत्यै हुने रुकुमेली देख्छु मेनपावर कम्पनीले लाखका लाख रुपैया“ लिएर पनि बिना अत्तोपत्तो यो खाडी पठाएपछि सात सात दिनसम्म एयरपोर्ट र तातो सडकमा भोकभोकै रात बिताएर, बल्लतल्ल नेपाली दूतावासको आश्रयस्थलमा आइपुगेका रौतहटवासी देख्छु जहा“जता गए पनि समग्रमा यहा“ पनि नेपालजस्तो नेपाल देख्छु ।

पहिले कतारबाट फर्किनेहरुको मुखबाट सुनिएको उही नेसनल एरियामा बेलुका लाग्ने हजारौं नेपालीको जमघट, उही विस्मिल्ला पार्कमा शुक्रबार भेला हुने हजारौं नेपालीको रमन्ते अनुहार, सपिटल छेउमा उही नेपाली बाजेको नेपाली स्वादको होटल, नेपाली भान्सा घरको सुकुटी र गुन्द्रुक, रमेशबाबु श्रेष्ठको सम्सारा थकाली भान्छा घरको टिम्बुर मिसाएर बनाइएको देश सम्झाउने नेपाली स्वादको चटनी । सहानिया होस् कि तरबार गेट, जेद्दा टावर होस् कि अल हदिया- सबै ठाउ“मा नेपालीहरूको जमघट । एकआपसमा गाउ“घरको, देशदुनियाको कुरा गर्नैमा व्यस्त छन् नेपालीहरू । एकआपसमा भलाकुसारी साटासाट गर्दै  देशमा रिलिज भएको नया“ फिल्म, अडियो सिडीको चर्चा । देश फर्केर आएका वा नया“ आएकाहरूले आफूस“ग ल्याएको घरको चिठीपत्र, क्यासेट, लुगाफाटो तथा आमाले पठाएको सेलरोटी, मिर्ठाई, दलपुरी आदिको साटासाट । नेपाली टेलिभिजनहरूका भिजुवल देख्न नपाए पनि, नेपाली अडियो र भिडियोबाट आउने  ‘माया उड्यो बादलु छुनलाई’ जस्ता गीतहरूको स्पन्दनले मलाई मात्र होइन, सारा नेपालीलाई आफ्नो देश, आफ्नो गाउ“घर र आफ्नो परिवेश स्मरण गराइरहेको छ यो दूरदेशमा । यो परिवेशले आफू नेपाल बाहिर रहेको अनुभवसमेत हुन दि“दैन  । बिहान आठ बजेदेखि सुरु हुने चर्को घाम र हावास“ग मुकावला गर्दै दोहाको सडक तथा सहरलाई जीवन्त बनाउने नेपालीहरूको पाइलाको  कसिलो चाल र यिनै समूहहरूबाट सुस्तरी आउने नेपाली, मैथिली र हिन्दी फिल्मी गीतको मिसावटयुक्त आवाजले आफू काठमाडौंको सुन्धाराचोकमा पो कतै छु कि भन्ने आभास दिलाउ“छ । सुन्धाराचोकजस्तै मैथिली, हिन्दी, भोजपुरी, नेपाली र नेवारीभाषीको चहलपहल यहा“ पनि हेर्न सकिन्छ । यी भाषाहरूको संगम यहा“ पनि सुन्न सकिन्छ । यहा“ न कोही धनी छन्, न कोही गरिब । न कोही पहाडी छन् ,न कोही मधेसी । सबै नेपाली छन् । मात्र नेपाली । यहा“ नेपालीको नेपालीबाहेक अर्को कुनै परिचय छ भने त्यो हो काम गर्ने कम्पनीको पोसाक र हातमा बोकेका औजार । समग्रमा भनौं भने दोहामा मैले देखेको मिनी नेपाल नेपालभन्दा पनि बढी रमाइलो छ  । नेपालभन्दा पनि बढी सुन्दर छ, नेपालभन्दा पनि बढी विश्वासिलो छ, कारण यहा“ सबै नेपाली छन्, मात्र नेपाली ।

सुवाश श्रेष्ठ

गोरखा नेपाल  (हाल दोहा कतार)

21
Mar
08

मेरो तीन वर्षको कलेज जीवनमा भेटिएका अधिकांश साथी सारहीन लागे, पढ्न र लेख्न बाहेक कलेजको अर्को फाईदा मित्रता पनि हो। तर मेरो कलेज जीवनमा मित्रतापक्ष एकदम कमजोर रह्यो। कलेज छाडेर बंक पार्टी अटेण्ड गर्ने, दिनदिनै मोटर बाईक फेरेर चुरीफुरी देखाउने केटा साथी र ब्यागमा किताब,कपि भन्दा मेकअपका सामान र पार्टीका टिकट बोक्ने केटी साथीहरु सबै निरर्थक भेटिए।

सुबाश श्रेष्ठ दोहा कतार

06
Feb
08

युवा डायरी

एउटा युवाको डायरी जसलाई जीवनयात्रामा गाँउको अनन्त श्रिङ्खलाले माया गरिरहेको हुन्छ, काठमाण्डौं आएर नचाहदा नचाहदै पनि अनेक दुख पिडा हरु झेल्नु पर्ने हुन्छ। पैतला तिनै हुन् जसले आजसम्म गन्तब्य भेटेको छैन। देशमा लोकतन्त्रको आगमन सँगै गाँउका ति केटो आफ्नो पैतलाको गन्तब्य भेटिने अभिलाशाले काठमाण्डौं छिरेका हुन्छन्। अनि काठमाण्डौं छिर्दाका जोस र उमंग सबै काठमाण्डौंको प्रदुषित धुँवा धुलोमा बिलिन भैसकेको हुन्छ। राजनीतिकको तातो मौसमको चिसोपन गराउन सकेको छैन। पसलभरि टांगिएको पत्रिकामा कहि नयाँ नेपालका धर्कोसम्म कोरिएको खबर भेटिन्नन्। पत्रिकापसल वरिपरि उभिएर तातो चिया र रक्सी जस्तो गन्हाउने ताजा समाचार पढिरहेका हुन्छन्। समाचार नछापिएको भए देश क्रिष्णभीरको मोडमा पुगेको छ भन्ने थाहा हुदैनथ्यो। लोडसेडिङ को नयाँ रुटिङ् पढ्न पाउने थिएन, मुल्यव्रिदिको समाचार पढ्न पाउने थिएन। आजकालत सगरमाथाको देश भन्नपनि लाज लाग्ने बेला आईसक्यो। विश्वमा शान्तीको देश भनेर चिनिएको गौतम् बुद्धको देश नेपालमा आफ्नै दाजुभाई बिच एक आपसमा मारामार काटाकाट भैरहेका छन् । बिहान घरबाट निस्केको छोरो छोरी बेलुका घर फर्किने होकी होइन थाहा हुदैन। विश्वको दोश्रो जलस्रोतको धनि देशको राजधानी काठमाण्डौमा पिउने पानी हुदैन। क्रिषीप्रधान देशमा अनिकाल लाग्छ। यहि देशको राजधानी काठमाण्डौमा भौतारीरहेको हामी युवाहरु विभिन्न देशका लागी वैदेशिक रोजगार खुलेको छ भन्ने थाहा पाएर भर्खरै संघिय गणतन्त्र भएको मुलुकका युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनुहार भरि अनेकौ अभिलाशाहरु बोकेर अनि ओठमा क्रितिम हाँसो लिएर धन कमाउन बिदेसिने सुरमा हुन्छन्। थाहा छैन कहाँ गएर अलपत्र पर्ने हो, गन्तव्यसम्म पुग्ने होकी हैन, पुगे पनि कुन कम्पनीमा बहादुरका बिल्ला टाँगेर सगरमाथाको देश हामी भनेर मजदुरीका काम गर्नु पर्ने हो। जसोतसो गरेर गन्तव्य सम्मत पुगिन्छ। काम शुरु हुन्छ, अनि दिन बित्छ महिना बित्छ तर कम्पनीमा पैसा दिदैन, साथीहरुबाट सुनिन्छ तिन महिनाको व्यालेन्स राखेर अनि मात्रै दिईन्छ, घरबाट साहुको करकर छ भनि चिठी आउन शुरु हुन्छ , ५५ डिग्री त्यो तातो घाममा दुई बर्ष सम्म काम गरेर बल्लतल्ल साहुको ॠण तिरेर सकिन्छ तर साथमा घर फर्किने पैसा हुदैन अनि दुई चार पैसा जम्मा गरेर घर फर्किनको लागी कम्पनीमा निवेदन दियो दुई चार दिन गर्दै दुई चार महिना पुराईदिन्छन्। अनि जब घर फर्किने दिन विमानमा पाईला टेक्छ त्यो दिन जिन्दगीको सबै भन्दा खुशीको क्षण जस्तो लाग्छ । जब त्रिभुवन अन्तराष्टिय विमानस्थलमा विमान अवतरण गरिन्छ फेरि सुरु हुन्छ घुस अनि कमिसन। जहाँ सरकारी बिल्लाधारी हरु खुलमखुला घुस अनि कमिसन खाईरहेका हुन्छन् । जब विमनास्थल बाट बाहिर निस्कन्छ अनि त्याहाँ ट्याक्सीको त कुरै नगरौ । उनीहरु नेपाली रुपियाँ होइन डलर अनि रियल खोज्छन् ।

सुबाश श्रेष्ठ
गोरखा नेपाल
हाल दोहा कतार

23
Jan
08

गोरखालाई जनयुद्धका महत्वपुर्ण क्षेत्र मानिनुका कारणहरु:-

१) माओवादी अध्यक्ष प्रचण्ड गोरखामा शिक्षण पेशा गर्दा गर्दै राजनितीकमा लागेका थिए।
२) जनयुद्ध अघि पार्टीको हेड क्वार्टर गोरखामा थियो ।
३) जनयुद्धको पहिलो फौजी योजना २०४५ सालमा गोरखाको सिरानचोकमा भयो, अनि जनयुद्ध तयारीको अन्तिम योजना कोर्ने काम २०५२ सालको असोजमा गोरखाको धुवाँकोटमा बसेको केन्द्रिय समितीको बैठकले गर्‍यो।
४)२०५२ साल फाल्गुन १४ गते गोरखामा मारिएका विधार्थी दिल बहादुर रम्तेल जनयुद्धकै पहिलो शहिद बन्न पुगें।
५)२०५३ साल भदौ १ गते देव गुरुङ्ग गोरखाको छाप्राकबाट पक्राउ परे, जो पछि ठुले राई सँगको साटासाटमा छुटेका थिए।
६)२०५६ साल भदौ १३ गते प्रहरी कारबाहीमा मारिएका गोरखाका पोलिटब्युरो सदस्य सुरेश वाग्ले माओवादीका जनयुद्धमा मारिएका सबैभन्दा माथिल्ला नेता हुन्।
७)२०५७ साल चैत्र १७ गते गोरखाका ६ माओवादी महिलाले त्याहाँको जेल ब्रेक गरेर भाग्न सफल भएका थिए।

सुबाश श्रेष्ठ गोरखा नेपाल

20
Jan
08

Ghyalchowk Gorkha Trek

If you want to treakking to Ghyalchowk Gorkha, It’s really easy and panoramic area. One can see spectacular view of Ganesh Himal, Boudha Himal, Lantang, Dhaulagiri, Manaslu and Annapurna South. Around 2.30 hours drive from Kathmandu, your transportation will drove you Benighat in Dhading District. Than your trek begin upto Ghyalchowk accros the trisuli river. This is the pristine village of Benighat. The people of this area are still living on their traditional farming way of life. They are including Gurung, Newars and Magars. All along your way you will view green forest, rice field, traditional houses of Gurung family and also hear the beautiful rhythm of birds singing on forests. Very peaceful; you will see views of Ganesh Himal, and Manasalu. This is a good trek for children.

19
Jan
08

Classmates in Gyan marga secondary school Ghyalchowk Gorkha Nepal

Gyan Marga Secondary School
Ghyalchowk  Gorkha

Worried that you would miss your high school reunion? You can find classmates in a few clicks now. Our classmate search makes it simple to locate your classmate in Gyan marga secondary school Ghyalchowk Gorkha Nepal. Find old friends who were with you at high school and what they are upto now :) . This feature makes college reunions possible and makes it available to you for free. In a short while we shall be providing you with a “Reunion Planning” feature and “alumni high school year book” archive as well. Stay tuned. Lets make this the best reunion website ever. Get going and search for people and find your old school flame now ;)

Click here : http://www.batchmates.com/login.aspx

Subash Shrestha

17
Jan
08

Gorkha District

About 120km west of Kathmandu, Gorkha is a small mid western district in Nepal in today’s context but with immense historic significance with a population of more than 3 million were majority of people belonging to Thapa, Magar, Gurung, Rai tribes reside. Kings, generals and army of Gorkha conquered several small scattered kingdoms into one big and named it as “Nepal” in around 1767AD. Gorkha was captured by the Rajputs of N India in early 16th century. Title taken from “Gorkha”, also known as “Gorkhali”. People from Gorkha, especially army and soldiers from this place with whose strength king Prithivi Narayan Shah united Nepal in 1760’s. Known for their military prowess, their courage, their brutality and their religions fervor; most Gorkhas are modestly built hindoos, religious and devoted, calm in nature yet ferocious fighter with the warrior intuition in blood. Prithvi Narayan Shah was the most famous king from the House of Gorkha and was born in the fort itself. At a time when Nepal was dissected into various small kingdoms, Prithvi Narayan Shah managed to unite them all through his military prowess and campaign. He spent 26 years of his life planning a military strategy. He finally launched his campaign after succeeding his father in 1742 and successfully united Nepal into one large kingdom in around 1768-69. Even though Prithvi Narayan Shah died in 1775, the rulers who succeeded him continued the expansion campaign beyond the new territories of Nepal. As the campaign progressed, ambition also grew with it. Northwards expansion towards Tibet angered the Chinese while southern expansion towards India alarmed the British. This brought the fierce Gorkhas or Gurkhas as they were later known, into direct conflict with the British East India Company. The court of directors in London called for an assessment report of the situation. They found out that the Gorkhas had built a substantial munitions factory in the hills and had established efficient supply columns. The Gorkha soldiers were known for their speed and their willingness to fight till death under extreme conditions. They also had an intricate knowledge of the terrain and were perfectly suited for guerilla warfare. The British were reluctant to take on such an elusive and successful Gorkha force, which had required the strength of a vast Chinese army to push them out of Tibet. Eventually the Governor General of Bengal was authorized to declare that the British Empire was at war with the small but aggressive state of Nepal. By the time this declaration was made, Nepal was under the insightful leadership of Prime Minister, Maharajah Bhimsen Thapa and very young king Girvan Yuddha Shah. This was to be the first campaign for the British General in the unfamiliar hills of Nepal.

17
Jan
08

जिन्दगीको गोरेटो

जब मान्छेले यस धर्तिमा पाईला टेक्छ, त्यसपछि उसको आमाको स्याहार सुसार पालनपोषण पश्चात समयको परिवर्तन सङ्गै उसको शारिरीक अनि बौधिक ब्रिधि हुदै जान्छ। उसले आफ्नो आगामी जीवनमा विभिन्न राम्रा सपनाहरु देखेका हुन्छ, अनि आफ्ना जीवनका बारेमा कल्पना गरेका हुन्छ। तर सबैको पुरा भने भएको हुदैन। यस्तै म पनि आफ्नो जीवनमा बेतालको हिडाईसङ्गै याहाँ सम्म अैइसकेको छु, धेरै बशन्तहरु म बाट टाढिसकेका छन्। जीवनका विभिन्न उत्तारचढावहरुमा म कयौ पटक हाँसेको छु अनि रोएको पनि छु।चाहना एकातिर अनि यथार्त अर्कोतिर, यस्तै यस्तै माझेधारहरुमा म धेरै पटक झस्केको छु अनि तर्सिएको छु। तर पनि किन किन म आफ्नो जीवन लम्ब्याउने प्रयासमा छु । अनिकहिले कठोर कठोर समयका जन्जिरहरुले बाँधिएर बाँच्नु पर्दा भित्र भित्रै उकुसमुकुस भैइ आफुलाई एक मरेतुल्य महशुष पनि गरेको छु। साँच्चै जीवन विचित्रकै हुदो रहेछ। कहिले आफुले जीवनलाई डोराईन्छ त कहिले आफुलाई जीवनले डोराईन्छ। जीवन एक संघर्ष हो, यो धुर्बसत्य कुरा हो। सायद त्यसैले होला म पनि आफ्नो जीवन संघर्ष बाट टाढिन सक्दिन। हो म आफ्नो जीवन संघर्षलाई युध्धको उपमा दिएको छु। जहाँ हार र जीतको सवाल त हुन्छ नै तर हार्ने नियत लिएर त कोहि पनि युध्धमा सहभागी हुदैन। जीत नै हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी हुदैन।समयको निष्ठुरी परिश्थितिलाई आखिर कसलेपो नकार्न सक्छर। किनकी यी समय कसैको पनि वशमा हुदैन। तेसैले नचाहेको मोडमा पुग्नुपर्ने अवस्था या बिवस्थाहरु त शायद एउटा जीन्दकीको प्रक्रियानै हो। यस्तै समयको परिवर्तन अनि जीन्दकीको दौरान सङ्गै आज म आफ्नो घर परिवार अनि समाज देश छाडेर यस मरुभुमीमा संघर्षको जीवन बिताईरहेको छु।हुनत आफ्नो घर परिवार समाज देशलाई छाडेर एक्लै टाढा बस्ने ईच्छा त कसलाईपो हुन्छ होलार तर पनि आफ्ना जीवनमा आउने विभिन्न समस्याहरुको समधान सङ्गै उज्वल भविष्यको मिठो कल्पना बोकेर आज याहाँ सम्म अैइपुगेको छु, भोली कहाँ पुग्नेछ। समयको चक्रव्युहमा मान्छेको जिन्दकी घुमीरहेको हुन्छ। कुन बेला कहाँ पुग्ने हो, कहाँ गएर जीवनको यात्रा टुंगिनेछ कसैलाई पनि थाहा हुदैन। सुबाश श्रेष्ठ दोहा कतार

17
Jan
08

नेपाल

Nepal is one of the richest countries in the world in terms of bio-diversity due to its unique geographical position and altitude variation. The elevation of the country ranges from 60 meters above sea level to the highest point on earth, Mt. Everest at 8,848 meters, all within a distance of 150 kilometers resulting in climatic conditions from sub-tropical to arctic. This wild variation fosters an incredible variety of ecosystems, the greatest mountain range on earth, thick tropical jungles teeming with a wealth of wildlife, thundering rivers, forested hills and frozen valleys. Within this spectacular geography is also one of the richest cultural landscapes anywhere. The country is a potpourri of ethnic groups and sub-groups who speak over 93 languages and dialects. Nepal offers an astonishing diversity of sightseeing attractions and adventure oppurtunities found nowhere else on earth. And you can join in the numerous annual festivals that are celevrated throughout the year in traditional style highlighting enduring customs and beliefs. Language: Nepali Currency: Nepalese Rupee Political System: Multiparty emocracy. National Bird: Impean Pheasant Danfe). National Flower: Rhododendron Arboreum (Lali Gurans). The most exhilarating titles with which Nepal has been admired and praised by various renowned travel writers in recognition of her cultural richness : Living cultural Museum Shangri-La Roof of the World Birth place of the Apostle of Peace Country of Living Goddess City of Golden Pagodas and Parasols Himalayan Pilgrimage Nature amphitheatre Melting pot of Hinduism and Buddhism A tiny Repbulic of 103 ethnic groups and 93 spoken languages Birth place of Sita Abode of Shiva Land of Mysticism & Exoticism Land of non-stop festivals

15
Jan
08

हिन्दी म्युजिक भिडियो

15
Jan
08

बाँच्नका लागि सङ्घर्ष गर्नुपर्नेमान्यतालाई मुटुमा गाँठो पारेर हामी बाँच्नका लागि काम गरिरहन्छौं, तर वास्तवमा हामी काम गर्नका लागि बाँचिरहेका हुन्छौं । प्रायःजसो जीवनका आवश्यकताको पूर्ति अगावै समय र शक्ति हाम्रो हातबाट चिप्लिसकेको हुन्छ … राम्रो घर, कार, शिक्षा र व्यक्तिगत वातावरण बन्नु अगावै ।

10
Jan
08

नेपाल

10
Jan
08

Manakamana Mandir

Mankamana Temple (wish fulfilling deity) lies 12 km south of historic town Gorkha and located on a prominent ridge (1302mt. above sea level) overlooking the river valley of Trishuli (South) and Marshyangdi (West). People believe that the Manakamana Devi fulfills the wishes of the devotees, thus called the wish fulfilling deity. Now the cable car makes the visit very comfortable. Same Day Excursion – Drive to Kurintar by Car / Bus after breakfast, it takes about 2-3 hours to cover 105 Km. distance – from Kurintar to Mankamna Temple by Cabal Car, it takes about 10-12 minutes – after worshiping / Darshan & performing Puja back by cable car – after the Lunch drive back to Kathmandu.

01
Jan
08

नेपालको ईतिहास

09
Nov
07

यहाँ क्लिक गर्नुहोस्

MY FRIENDSTER PROFILE





Don’t compare yourself with anyone in this world. If you do so, you areinsulting yourself

03
Oct
07

यहाँ क्लिक गर्नुहोस्

MY TAGGED PROFILE


Love your job but don’t love your Company because you may not know when yourcompany stops loving you

03
Oct
07

यहाँ क्लिक गर्नुहोस्

MY WEB BLOG



Don’t make promise when you are in JOY. Don’t reply when you are SAD. Don’t take decisions when you are ANGRY. Think twice, Act wise. BE happy.

02
Oct
07

यहाँ क्लिक गर्नुहोस्

MY HI5 PROFILE


When you start caring about yourself, you start loving somebody , But when start caring about others somebody will start loving you.




Follow

Get every new post delivered to your Inbox.